काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा दोहोरो अंकले बृद्धि भएको छ । आइतबार १३.५१ अंकले बढेर बन्द भएको हो ।
चार अर्ब ३१ करोड १० लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेप्सेका अनुसार, मल्टिपर्पस फाइनान्स र मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।
आजन कारोबारमा आएका मध्ये १७४ कम्पनीको सेयर मूल्य बढेको छ । ६१ कम्पनीको सेयर मूल्य घटेको छ । १२ कम्पनीको सेयर मूल्य स्थिर छ ।
नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य भने ९।१३ प्रतिशतले घटेको छ ।