काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा रहेका चिनियाँ टोलीबीच भेटवार्ता भएको छ । चिनियाँ जन–राजनीतिक परामर्शदात्री सभा (सीपीपीसीसी) का राष्ट्रिय कमिटी उपाध्यक्ष बेटर नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलबीच सिंहरबारस्थित परराष्ट्र मन्त्रालयमा शनिबार दिउँसो भेटवार्ता भएको हो।
भेटवार्ताका क्रममा उनीहरुबीच द्विपक्षीय सम्बन्ध, आर्थिक तथा बिकास सहकार्य र जन सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
बेटर नेतृत्वको प्रतिनिधिमण्डल बिहीबार नेपाल आएको थियो। टोलीले शुक्रबार कार्यवहाक उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग भेटघाट गरेको थियो।