काठमाडौं । गएराति अबिरल वर्षासँगै गएको पहिरोले सङ्खुवासभाको खाँदबारी नगरपालिका–११ आङ्लास्थित कोक्तिमा गाउँमा तीनवटा घर बगेका छन्।
कोक्तिमा गाउँका मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए। पहिरोमा परेर स्थानीय मणिप्रसाद राई घाइते भएका छन्।
पहिरोले घर बगाएर विस्थापित भएपछि उनीहरु छिमेकीको घरमा आश्रय लिएर बसेका संखुवासभाका निमित्त प्रहरी प्रमुख लामिछानेले बताए। पहिरोले संखुवासभाका विभिन्न ठाउँमा गरेर नौ घर विस्थापित भएका प्रहरीले जनाएको छ।