काठमाडौं । सर्वोच्च अदालतले पनि पूर्वसहसचिव सावित्री राजभण्डारीलाई भ्रष्टाचारी ठहर गरेको छ।
आइतबार न्यायाधीशद्वय कुमार रेग्मी र सुनीलकुमार पोखरेलको इजलासले यस्तो फैसला गरेको हो ।
सावित्रीलाई विशेष अदालतका तत्कालीन अध्यक्ष गौरीबहादुर कार्की, सदस्यद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले ०६९ मंसिर १२ गते भ्रष्टाचारमा दोषी ठहर गरेको थियो। विशेष अदालतले पूर्वसहसचिव राजभण्डारीलाई भ्रष्टाचारी ठहर गर्दै १ वर्ष कैद सजाय सुनाएको थियो। साथै २ करोड ४६ लाख १९ हजार ९ सय ३२ रुपैयाँ बिगो र त्यति नै जरिवाना असुल हुने फैसला विशेषले गरेको थियो।
२०२२ मा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेकी राजभण्डारी अवकाश पाउने समयमा भौतिक योजना तथा निर्माण मन्त्रालयमा सहसचिव थिइन्। उनी लामो समय अर्थ मन्त्रालय र मातहतका निकायमा बसेकी थिइन्।