काठमाडौं । आज बिहान ११ बजे संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ ।
आजको प्रतिनिधिसभा बैठकमा जेठ १५ गते संसदमा प्रस्तुत भएको राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री वर्षमान पुनले पेश गर्ने सम्भावित कार्यसूची रहेको छ।
त्यसपछि राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डले जारी गरेको सूचनामा उल्लेख छ। त्यसैगरी राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे सुरु हुनेछ। राष्ट्रियसभामा पनि राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल हुने कार्यसूची छ।