काठमाडौं । आज बिहान ११ बजे संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दैछ ।
संसद सचिवालयका अनुसार आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले ‘अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को स्थापनासँग सम्बन्धित सम्झौताको प्रावधानमाथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
बैठकमा अर्थमन्त्री वर्षमान पुनले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ९पहिलो संशोधन० विधेयक, २०८० तथा ‘विनियोजन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेश गर्ने छन् ।
यसैगरी, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहितको ‘राष्ट्रियसभामा उत्पत्ति भएको सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७८ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव गर्ने कार्यक्रम छ ।
साथै ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०८०’ पारित गरियोस भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।