काठमाडौं । आज पनि संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने बैठकमा विनियोजन विधेयक, २०८१ को मन्त्रालयगत शीर्षकमाथि छलफल हुने कार्यसूची रहेको छ ।
आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र अर्थ मन्त्रालय अन्तर्गत शीर्षकमा छलफल हुनेछ ।
बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव तथा ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यस्तै, सांसद रामहरि खतिवडा, डा. अमरेश कुमार सिंह, प्रेम सुवाल, मुक्ता कुमारी यादव, राजेन्द्र प्रसाद लिङ्देन, रोशन कार्की र श्यामकुमार घिमिरेले मन्त्रालय शीर्षकको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन् ।