काठमाडौं । सत्ता साझेदार दल नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले सरकारले संसदमा पेस गरेको बजेट माओवादी पार्टीको जस्तो देखिएको बताएका छन् ।
पूर्व मन्त्री उनले मंगलबार बजेटबारे प्रतिनिधि सभाको बैठकमा बजेटमा सत्ता समीकरणलाई कुनै वास्ता नगरिएको बताए ।
‘बजेट पार्टीको जस्तो छ, सत्ता समीकरणका छनक पनि छैन । तीतो भए तीतो होस्, सत्य यही हो,’ बाँस्कोटाले भने । अर्थमन्त्री भेट्न नपाएको भन्दै उनले गुनासो गरे । ‘भेट्न पाइएन । कुरा गर्न पाइएन । बजेट लक हुन्छ, तर मन्त्रालय पनि लक भयो ।’