काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अझै केही समय बैंकको खराब कर्जा नघट्ने बताएका छन्। अधिकारीले आइतबार नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दे यस्तो बताएका हुन् ।
उनले ग्रामिण क्षेत्रमा बैंक र सहकारी छुट्टै भने पनि कारोबारसँग अन्तरसम्बन्ध रहेको बताए। उनले बैंकहरुमा खराब कर्जा बढ्नुको कारण प्रभावकारी नियमन र रिफर्म भएको दाबी गरे। गभर्नर अधिकारीले बैंकहरुलाई पारदर्शी बनाउनको लागि बैंकहरुको खराब कर्जा बाहिर ल्याउन आवश्यक रहेको उल्लेख गरे।
उनले अर्थतन्त्रमा मन्दी र राष्ट्र बैंकको प्रभावकारी नियमनलगायतको असर बैंकको खराब कर्जामा परेको बताए। उनले पछिल्लो समय अर्थतन्त्र स्लोडाउन हुनुमा सहकारीको ठूलो भूमिका रहेको दाबी गरे। गभर्नर अधिकारीले मुलुकको अर्थतन्त्रमा सहकारीको भूमिका धेरै ठूलो रहेको भन्दै राज्यले तीन खम्बे अर्थनीति लिएसँगै सर्वसाधरणहरुको विश्वास सहकारीप्रति बढेको बताए।