काठमाडौं । नेपाली सेनाका महासेनानी दिरेन्द्रकुमार मल्ल बर्खास्त भएका छन् । मंगलबार सेनाको ‘समरी सैनिक जनरल अदालत’ले मल्ललाई उमेरसम्बन्धी विवादमाबर्खास्त गरेको हो ।
भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सैनिक अदालतले बर्खास्त गरेको हो ।
मल्ललाई सैनिक अदालतले बर्खास्त गरेको नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी गौरवकुमार केसीले बताए । मल्ल अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघस्थित नेपाली नियोगका सैनिक सहचारीको रुपमा कार्यरत थिए ।
उनी न्युयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली नियोगमा कार्यरत थिए । अमेरिकामै रहेको बेलामा उमेरसम्बन्धी विवाद परेको थियो ।