काठमाडौं । नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले आफूले टेरामक्स भित्र्याएर वार्षिक रुपमा हुने २५ अर्ब घोटाला रोकेको छ दावी गरेका छन् ।
उनले शुक्रवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै आफूले कल बाइपास गरेर अर्बौं रुपैयाँ घोटाला हुने गरेको कुरालाई रोक्न टेरामक्स प्रविधि भित्र्याएको बताएका हुन् ।
उनले टेरामक्स भिओआईपी प्रकरणलाई रोक्ने विधि भएको बताए । बस्नेतले कल बाइपास गरेर वार्षिक रुपमा २५ अर्ब घोटाला हुने गरेकोमा टेरामक्स प्रविधिपछि सो घोटाला रोकिएको बताए । उनले आफूले आँट गरेर सो विधिको शुरुवात गरेको बताए । उनले आफूलाई यस प्रकरणमा मुछिएको भन्दै उचित समयमा आफूले बोल्ने बताए ।