काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारेहमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँ दिल्ली जाने भएका छन् ।
शुक्रबार एनडीए गठबन्धनले सरकारमा दाबी पेस गर्ने जनाइएको छ भने मोदीले शनिबार शपथ ग्रहण गर्ने तयारीसमेत छ । प्रधानमन्त्री दाहाललाई शपथ ग्रहणमा उपस्थित हुन निम्तो आइसकेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।