काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्व वातावरणकको संरक्षण गर्न सबै लाग्नुपर्ने बताएका छन् । उनले बुधबार वातावारण दिवसका अवसरमा एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् ।
भूमिको उत्पादनशीलता, प्रकृति तथा वातावरणीय सन्तुलनको आधारमा वैज्ञानिक व्यवस्थापन र उपयोग गर्ने तथा पर्यावरणीय दिगो विकासको सिद्धान्त अवलम्बन गर्दै वातावरणीय सन्तुलन र दिगोपना कायम गर्ने गरी सरकारले नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याएको प्रधानमन्त्री प्रचण्डले सन्देशमा उल्लेख गरेका छन् ।