काठमाडौं । अहिले देशभरको मौसम बदली रहेको जल तथा मौसम विभागले जनाएको छ ।
विभागका अनुसार यतिबेला (बिहीबार बिहान) कोसी, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणदेखि पूर्णतया बदलीको अवस्था छ।
अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान, कोसी, बागमती र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहने छ। कोसी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानका साथै मधेस र बागमती प्रदेशका थोरै स्थानमा मेघ गर्जन रचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।