काठमाडौं । नेपाली कांग्रेसले बजेटमा सङ्क्रमणकालीन न्याय र संघीयताको सबलीकरणसम्बन्धी विषयलाई समावेश गर्नुपर्ने धारणा ब्यक्त गरेको छ ।
कांग्रेस सांसद कृष्णप्रसाद सिटौलाले मंगलबार राष्ट्रियसभाको बैठकमा यस्तो धारणा राखेका हुन् । उनले द्वन्द्वपीडितका समस्या समाधान गर्ने विषयलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए । सङ्क्रमणकालीन न्यायसम्बन्धी काम पूरा गर्न बजेटमा पर्याप्त रकम नछुट्याइएको उनले टिप्पणी गरे ।
शान्ति सम्झौता भएको १८ वर्ष पूरा भएको तर सरकारले द्वन्द्वपीडितलाई न्याय दिनेगरी काम गरेको आभास आफूलाई नभएको बताए।