काठमाडौं । सत्ता समीकरण फेरिएको केही महिनापछि नै सरकारले विभिन्न ११ वटा देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ।
बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।
छिमेकी राष्ट्र भारत, इजरायल, पोर्चुगल, अमेरिका लगायतका देशका राजदूत फिर्ता बोलाउने निर्णय भएको बताइएको छ ।
स्रोतका अनुसार यसरी फिर्ता बोलाइएकाहरुमा भारतका लागि नेपाली राजदूत ड. शंकरप्रसाद शर्मा, बेलायतका लागि ज्ञानचन्द्र आचार्य, स्पेनका लागि शर्मिला पराजुली ढकाल, डेनमार्कका लागि राम राय, अमेरिकाका लागि प्रा. श्रीधर खत्री, इजरायलका लागि कान्ता रिजाल, दक्षिण कोरियाका लागि प्राडा ज्योति प्याकुरेल, साउदीका लागि नवराज सुवेदी, कतारका लागि नरेशविक्रम ढकाल र मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेल रहेका छन् ।