काठमाडौं । सहकारीको रकम अपचलनसम्बन्धी गठित संसदीय विशेष समितिको पहिलो बैठक बसेको छ।
बैठक सभामुख देवराज घिमिरेको उपस्थितिमा संसद् भवन बानेश्वरमा सुरु भएको हो। यही जेठ १५ गते प्रतिनिधि सभाको बैठकबाट एमाले सांसद सूर्य थापाको नेतृत्वमा गठित ७ सदस्यीय समितिको बैठक आज पहिलोपटक बसेको हो।
समितिमा कांग्रेसका सांसदहरू बद्री पाण्डे र ईश्वरी देवी न्यौपाने, सत्तारूढ एमालेबाट सूर्य थापा र सरिता भुसाल, नेकपा ९माओवादी केन्द्र० बाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ध्रुवबहादुर प्रधान सदस्य छन्।