काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो पार्टीबाट मन्त्री भएकाहरुले बजेट विनियोजनमा पदको दुरुपयोग नगरेको स्पष्टीकरण दिएका छन् ।
उनले बिहीबार स्ंसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सन्तुलित रुपमा बजेट विनियोजन गरेको दाबी गरे ।
‘आवश्यकताअनुसार जसरी मलाई नागरिकहरुले भन्दै आउनुभएको थियो, मैले पनि यो आवश्यकता नै हो है भनेर प्राथमिकीकरण गरेर गरेको छु। नागरिकको आवश्यकताअनुसार बजेट विनियोजन गरेको छु। बजेट प्रणालीमै समस्या छ। जुन ढंगले बजेट बनाउँछौँ, छलफल गर्छौं त्यो प्रणालीमा नै समस्या छ। छलफल स्वभाविक छ,’ उनले भने।