काठमाडौं। एभरेस्ट हस्पिटल नयाँ बानेश्वरले थप नयाँ सेवा विस्तार गरी रक्त सञ्चार सेवा सञ्चालनमा ल्याएको छ।
हस्पिटलले ल्याएको थप नयाँ सेवामा ब्लड बैंक, हेमो डायलाइसिस, दन्त विभाग, नेत्र विभाग र एनआइसीयु लगायतका अत्यावश्यक सेवा शनिबारबाट सञ्चालनमा आएको हो ।
थप नयाँ सेवा सुरु भएको अवसरमा अस्पतालले शनिबार निशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम आयोजना गरेको थियोे। निस्शुल्क स्वास्थ शिविरमा मिर्गौलाजाँच, निशुल्क सुगर, युरिया र क्रियाटिनिन जाँच, तथा १५० जनालाई निशुल्क सेनेटरी प्याड वितरण, १५० जनालाई १०० रुपैयामा अल्ट्रासाउण्ड सेवा, नि:शुल्क दन्त परीक्षण, नि:शुल्क आँखा जाँच लगायत सेवा प्रदान गरेको अस्पतालका निर्देशक दीपक चन्द्र बरालले बताए
उनले अस्पतालमा स्थापना गरिएको रक्तसञ्चार केन्द्रमा ८०० युनिटसम्म रगत भण्डार गर्ने क्षमता रहेको बताउदै पहिलो पटक डायलाइसिसको लागि नाम टिपाउने १० जना बिरामीलाई निस्शुल्क डायलाइसिस सेवा दिइने समेत बताए।