बाह्रबिसे । आइतबार राति खाग्दल खोलामा आएको बाढीले बाह्रबिसे नगरपालिका ३ र ५ जोड्ने बेलिब्रिज बगाएको छ । बाढीले पुल बगाउँदा अरनिको राजमार्ग ठप्प भएको हो ।
बाढीले केही घरहरुमा समेत क्षति गरेको कांग्रेस नेता युधिर पौडेलले बताए । उनका अनुसार बाढीले स्थानीय ब्यवसायी रावण रोक्काको गोदाममा रहेको निर्माण सामग्री समेत पुरिएको छ । यस खोलामा केही वर्ष अगाडि पनि ठुलो बाढी आएको आएर धेरै क्षति गरेको थियोे ।
राजमार्ग ठप्प भएसँगै बाह्रबिसे नगरपालिकाले बाह्रबिसे वडा न.८ एक्लेबेसि हुँदै जम्बु निस्किने बैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।