काठमाडौं । काठमाडौं महानगरपालिकाले न्यूरोडमा फुटपाथको काम पुनः सुरु गरेको छ ।
महानगरपालिकाले पाटन उच्च अदालतको आदेशपछि न्यूरोडस्थित जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको फुटपाथ विस्तारको कामलाई अघि बढाएको हो ।
यसअघि डिभिजन सडक कार्यालय, काठमाडौंले रोकेपछि महानगरपालिका उच्च अदालत पुगेको थियो ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले महानगरपालिकाको मागअनुसार अन्तरिम आदेश दिएपछि फुटपाथ विस्तार अघि बढाउने बाटो खुलेको हो ।