काठमाडौं। मादमे खोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने प्रक्रिया शुरु गरेको छ।
आईपीओ निष्कासनका लागि कम्पनीले आगामी साउन १७ गते विशेष साधारण सभा बोलाएको छ ।
गत असार २६ गते बसेको सञ्चालक समितिको बैठकले सभा रजिष्टर्ड कार्यालय ललितपुर महानगरपालिका १० ज्वागलमा बिहान ११ बजे गर्ने निर्णय गरेको हो ।सभाले कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने सम्बन्धी विशेष प्रस्ताव पनि पारित गर्नेछ ।