काठमाडौं । होटल व्यवसायी अम्बिका श्रेष्ठको ९१ वर्षको उमेरमा निधन भएको छ। उनी क्यान्सरबाट पीडित थिइन्।
उनको लगानी रहेको द्वारिका होटेल नेपालकै आर्किटेक्टहरूबाट बनाइएको एउटा कलात्मक शैलीको सम्पदाको रुपमा परिचित छ। अम्बिकादेवीको विवाह द्वारिकालाल श्रेष्ठसँग भएको थियो ।
स्पेनका लागि नेपालको अनरेरी कन्सुलेट जेनेरल समेतको भूमिका निर्वाह गरेकी अम्बिकाले सम्पदा संरक्षणको अभियानमा महत्त्वपूर्ण योगदान पुर्याएकी छन्।