काठमाडौं । सत्ता समीकरणमा परिवर्तन आएसँगै पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न आज दिउँसो नेकपा माओवादी केन्द्रको संसदीय दलका बैठक बस्दैछ ।
बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने तय भएको छ । बैठकमा पछिल्लो राजनीतिक अवस्थाको बारेमा छलफल हुने प्रमुख सचेतक हितराज पाण्डेले बताए ।
नेकपा एमालेले माओवादीसँग गठबन्धन तोडेर सत्ताबाट बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अल्पमतमा परेका छन् । उनले शुक्रबार विश्वासको मत लिन लागेका छन् ।