काठमाडौं । केन्द्रमा नयाँ सत्ता समीकरण बनेसँगै बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ।
एमालेका मन्त्रीहरुले आज प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल समक्ष राजीनामा बुझाएका हुन्। उनीहरुले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको जानकारी दिएका छन्।
एमालेले समर्थन फिर्ता लिएपछि नेकपा माओवादी नेतृत्वको बागमती सरकार अल्पमतमा परेको छ। वर्तमान सरकारलाई अल्पमतमा पारेर सत्ता हत्याउनका लागि एमालेका मन्त्रीहरुले राजीनामा दिएका हुन्।


