काठमाडौं । आइतबार बिहान ११ बजे प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दैछ ।
बैठकमा पछिल्ला राजनीतिक समसामयिक घटनाक्रम, पार्टीको भूमिका, प्रतिपक्षको भूमिका, जनदबाबका कार्यक्रम, जनसंगठन विस्तार एवं सुदृढीकरण र जनतामा जाने विशेष कार्यक्रमका बारेमा छलफल हुनेछ । बैठकमा नेताहरूले आफ्ना आफ्ना धारणा राख्ने क्रम जारी रहने पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।