काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विद्यार्थी सङ्गठनहरूले शैक्षिक क्षेत्रको सुधारका लागि पनि योगदान दिनुपर्ने बताएका छन् ।
पूर्व प्रधानमन्त्री नेपालले आज काठमाडौंमा आयोजित वृहत शैक्षिक अन्तरक्रिया कार्यक्रममा बोल्दै शिक्षा क्षेत्रमा देखिएका बिभिन्न समस्याहरूको समीक्षा गर्दै यस क्षेत्रको सुधारका लागि विद्यार्थी संगठनहरुले पनि योगदान दिनुपर्ने बताएका हुन् ।
उनले देशलाई सुन्दर बनाउने र नेपाल राष्ट्रको इज्जत बढाउने काम गर्न विद्यार्थीहरूलाई सुझाव दिए ।