काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा २२ अंकले गिरावट आएको छ ।
आज १ करोड ३ लाख ११ हजार ८८५ कित्ता शेयर ५८ हजार ४०१ पटक किनबेच भएको छ । आज ३२७ वटा कम्पनीको शेयर कारोबार हुँदा ४६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
यसदिन विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर सर्वाधिक ६.५५ प्रतिशतले बढ्यो। अपर स्यांगी हाइड्रोपावरका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर ९.९९ प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा एनएलजी इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रह्यो। सो कम्पनीको १५ करोड ९२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो।
यसदिन मनु एण्ड प्रो समूहको उपसूचकबाहेक अन्य समूहको उपसूचक नकारात्मक देखिएका छन्। कारोबारमा आएका ४६ स्टक्सको मूल्य बढ्दा १९३ वटाको घट्यो। यसदिन ५ समूहको मूल्य भने स्थिर रह्यो।