काठमाडौं । आज पनि देशका धेरै स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विभागले जनाएको छ ।
यतिबेला (बिहीबार बिहान) देशभरको मौसम साधारणदेखि पूर्णतया बदली छ। कोसी, मधेस, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो पनि देशभर साधारणदेखि पूर्णतया बदली रहने अनुमान महाशाखाको छ।
दिउँसो सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। त्यसैगरी कोसी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ।