काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडका कार्ड प्रयोगकर्ताहरूले बिग मार्टमा १० प्रतिशत छुट पाउने भएका छन् ।
बैंकको डेबिट तथा क्रेडिट कार्डवाहकहरूलाई प्रत्येक शनिबार बिग मार्टमा समान खरिदपश्चात्को भुक्तानीमा १० प्रतिशत छुट प्रदान गर्ने सम्झौता भएको बैंकले जनाएको छ ।
बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहकहरूलाई लाभान्वित गर्ने गरी बैंकले बिगमार्टसँग सहकार्य गरी बिग मार्टका सम्पूर्ण स्टोरहरूमा १० प्रतिशत वा अधिकतम २०० रुपैयाँसम्म छुट योजना ल्याएको हो ।