काठमाडौं । ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले जलविद्युत उत्पादनको क्षमता अनुसार नै प्रसारण लाइन विस्तार गर्नुपर्ने बताएका छन् ।
मन्त्री खड्काले बुधबार राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडले मन्त्रालयमा आयोजना गरेको ‘नेपालको प्रसारण गुरुयोजना’ सम्बन्धी छलफलमा उनले आगामी दिनमा हुने उत्पादन क्षमतालाई हेरेर प्रसारण गुरुयोजना निर्माण गर्नुपर्ने बताएका हुन् ।
“एउटै नदीबाट कति मेगावाट विद्युत् उत्पादन गर्न सकिन्छ, त्यसको मूल्यांकन गरेर प्रसारण लाइनको गुरुयोजना निर्माण गर्नुपर्छ,” उनले भने, “उत्पादन भएपछि गुरुयोजना बनाउने होइन, उत्पादन हुनुपूर्व नै गुरुयोजना बन्नुपर्छ ।”