काठमाडौं । सर्वोच्च अदालतमा दुई न्यायाधीश नियुक्तिका लागि सिफारिस भएका छन् ।
शुक्रबार बसेको न्याय परिषदको बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका न्यायाधीश नित्यानन्द पाण्डेलाई सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको हो ।
संसदीय सुनुवाइपछि उनीहरूलाई राष्ट्रपतिले नियुक्त गर्नेछन् ।