काठमाडौं । गृहमन्त्री रमेश लेखकले निर्मला पन्त प्रकरणलाई आफूले गम्भीर रुपमा लिएको बताएका छन्।
मन्त्री लेखकले विहीबार बिहान नेपाल प्रेस युनियन कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।
‘निर्मला प्रकरणको अनुसन्धान जारी छ। थप गम्भीरता र थप सुक्ष्म ढंगले अनुसन्धान गर्ने कुरा अगाडि बढाइन्छ,’ लेखकले भने, ‘म कसैलाई दोष दिने पक्षमा छैन। अहिले यस्तो भइसक्यो त्यस्तो भइसक्यो भनेर भन्न उचित हुँदैन जस्तो लाग्छ।’
निर्मलाको न्यायिक आन्दोलनका क्रममा घाइते भएकाहरुलाई सरकारले सहयोग गर्ने उनले बताए।