काठमाडौं । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटमा नेपालले जित हात पारेको छ । किङ सिटीमा भएको खेलमा नेपालले ओमानलाई ३७ रनले पराजित गरेको हो।
जितका लागि १७७ रनको लक्ष्य पाएको ओमानले १९।१ ओभरमा सबै विकेट गुमाउँदै १३९ रन बनाउँदै अल आउट भयो। ओमानका लागि सोएविब खानले ३९ बलमा सर्वाधिक ४५ रन र १२ बलमा रफिउल्लाले ३३ रनको योगदान गरे भने फयाज बुट्टले १७ रन जोडे। प्रतिक अथाभालेले १५, खालिद कैलले ११ रन जोडे।
नेपालका लागि करण केसीले ३ विकेट, कुशल भुर्तेलले २ विकेट र सन्दीप लामिछाने, रिजन ढकाल, दीपेन्द्र सिंह ऐरीले १र१ विकेट लिए।लगिि
टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७६ रनको योगफल बनाएको थियो। नेपालका लागि गुल्शन झाले सर्वाधिक ४० रन बनाए। उनले १७ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ४० रनको योगदान गरे।
त्यसैगरी कुशल मल्लले ३० रन, आसिफ शेख र अनिल शाहले २७र२७ रन, कुशल भुर्तेलले २० रन र ऐरीले १८ रन बनाए। यता कप्तान रोहित पौडेल भने २ रनमा आउट भएका थिए।