काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले काममा ढिलासुस्ती नगर्न निर्देशन दिएका छन् । उनले मन्त्रालय मातहतका कार्यालय प्रमुख र आयोजना प्रमुखहरूलाई आज मन्त्रालयमै बोलाएर यस्तो निर्देशन दिएका हुन् ।
उनले सहरी विकास मन्त्रालय मातहत सञ्चालित आयोजनाको प्रगति विवरणबारे जानकारी लिँदै सरोकारवालाहरूसँग समन्वय गरी काममा द्रुतता दिनुपर्ने बताए । ‘कुन आयोजनाको अवस्था के छ ? समस्या के छ ? भनेर बुझ्न तपाईंसँग छलफल राखेको हो । टिम वर्कका रूपमा अघि बढेर परिणाम दिनुपर्यो,’ कार्यवाहक प्रधानमन्त्री सिंहले भने,‘ प्रधानमन्त्रीज्यूसँग भएको कार्यसम्पादन सम्झौतालाई आधार मानेर क्यालेन्डर बनाएर काम गर्नुस् ।’