काठमाडौं । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीभित्र व्यक्तिवादी चरित्र हावी हुँदा अराजकता बढेको भन्दै चिन्ता ब्यक्त गरेका छन् ।
उनले अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीको चौथो पूर्ण बैठकमा यस्तो बताएका हुन् ।
उनले भने, ‘अहिलेको हाम्रो मुख्य समस्या भनेकै अराजकता हो । विधिमा नचले पार्टी बन्दैन नेताहरुमा सामूहिक हित भन्दा व्यक्तिवादी चरित्र हावी भएको छ । गएको निर्वाचनमा त्यसै प्रवृत्तिले सोचे जस्तो परिणाम आउन सकेन ।’