काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेका नेताहरुले भेट गरेका छन् ।
अध्यक्ष प्रचण्डलाई भेट गर्न बागमती प्रदेश इन्चार्ज डा।राजन भट्टराईको नेतृत्वमा काठमाडौं जिल्लाका नेताहरु प्रचण्ड निवास गएका थिए ।
उपत्यकाका नदी किनारका जमिनबारे सर्वोच्च अदालतले गरेको आदेश र काठमाडौंका मेयरले जारी गरेको सूचनाबारे अध्यक्ष प्रचण्डसँग कुरा गरिएको भट्टराईले जनाएका छन् ।
यसअघि भट्टराई सहितका नेताहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि यही विषयमा भेटेर छलफल गरेका थिए ।