काठमाडौं । लगातर परेको पानीले धनजनको धेरै क्षति भएसँग अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै नेपाल फर्किने तयारीमा रहेको बताएका छन्।
काठमाडौं उपत्यकासहित देशभरि बाढी पहिरोले जनजीवन प्रभावित बनाएपछि प्रधानमन्त्री ओली स्वदेश फर्किने तयारी गरेका हुन्। स्रोतका अनुसार यसअघि असोज १४ गते स्वदेश फर्किने मिति तय भए पनि प्रधानमन्त्री ओलीको केही कार्यक्रम र भेटघाट थपिएका थिए।
गृह मन्त्रालयका अनुसार हालसम्म ८७ जनाको मृत्यु भएको छ भने ७२ जना बेपत्ता छन्।