काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलसँग र नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कर्टेभलले शिष्टाचार भेटवार्ता गरेका छन् ।
सोमबार जङ्गी अड्डामा भएको उक्त भेटवार्तामा आपसीहित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।
यस किसिमको भेटघाटले दुई देशबीच रही आएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने नेपाली सेनाको विश्वास छ ।