काठमाडौं । बाढी पहिरोमा परेर गएरातिदेखि शनिबार बिहानसम्म काठमाडौँ उपत्यकमा २१ जनाको मृत्यु भएको छ। हालसम्म काठमाडौँमा नौ, ललितपुरमा नौ र भक्तपुरमा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेका अनुसार वर्षाजन्य विपद्का घटनामा परी पाँच जना बेपत्ता भएका छन् भने नौ जना घाइते भएका छन्।
घिमिरेका अनुसार, काठमाडौंमा ८, ललितपुरमा ३ र भक्तपुरमा १ जना घाइते छन् भने तीन जिल्लामा गरेर ६ जना बेपत्ता छन् । प्रहरीका अनुसार, काठमाडौंमा २२६ घर डुबानमा परेका छन् ।
ललितपुरका पनि अधिकांश स्थानमा पानी पसेको छ । नखिपोटमा उद्दारमा ढिलाइ हुँदा शनिबार बिहान ४ जना बेपत्ता भएका थिए ।
भक्तपुरमा ३ जनाको मृत्यु भएको छ भने १ जना घाइते छन् । भक्तपुरमा पनि अधिकांश स्थानमा पानी पसेको छ भने प्रहरी उपरीक्षकको कमाण्डमा १२० जना प्रहरी परिचालित भएको घिमिरेले बताए ।