काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही क्षणको विरोधबाट दुस्खी हुने र प्रशंसाबाट खुसी हुनुपर्ने कारण नरहेको बताएका छन् ।
उनले बुधबार आफ्नो फेसबुक पेजमा एउटा भिडियो क्लिप राखेर यस्तो धारणा ब्यक्त गरेका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा बालेन्द्रले राखेको एउटा पोस्ट ‘मास रिपोर्ट’मा परेर रिमोभ भएपछि त्यसको दोष उनका फ्यानले प्रधानमन्त्री ओली र एमाले कार्यकर्तालाई लगाएका छन् ।
ओलीले सार्वजनिक रुपमा बालेन्द्रविरुद्ध टिप्पणी नगरे पनि बालेन्द्रका समर्थकहरूले उनको फेसबुकमा अनफलो अभियान चलाएर करिब ६० हजार आसपासमा घटाएका छन् ।