काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन सक्रिय भएको र अत्याधिक वर्षाका कारण जोखिम निम्तिनसक्ने भन्दै शुक्रबार र शनिबार रात्रिकालीन बस नचलाउन अपील गरिएको छ।
प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले रातको समयमा यात्रा गर्दा पहिलो र बाढीको आँकलन गर्न कठिन हुने भएकाले रात्रिकालीन बस नचलाउन आग्रह गरिएको बताए।
त्यस्तै किसनाहरूलाई पनि केही दिन धान नकाट्न आग्रह गरिएको छ। यदि धान काटिसकेको भए सुरक्षित स्थानमा थन्काउनसमेत प्राधिकरणले आग्रह गरेको छ। जुनसुकै बेला जोखिम निम्तिसक्ने भन्दै खोज तथा उद्धारका लागि तीनवटै सुरक्षा निकाय र स्वयंसेवकहरूलाई तयारी अवस्थामा रहन प्राधिकरणले आग्रह गरेको छ।
विभागले कोशी प्रदेशको ११ जिल्ला, मधेसको तीन जिल्ला, बागमतीको १२ जिल्ला, गण्डकीको १० जिल्ला, लुम्बिनीको १२ जिल्ला, कर्णालीको ५ जिल्ला र सुदूरपश्चिमको ३ जिल्लामा उच्च जोखिम रहने जानकारी दिएको छ।