काठमाडौं । प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले संसदमा अवरोध कायमै राख्ने निर्णय गरेको छ ।
पार्टिको आज बसेको संसदीय दलको बैठकले संसद अवरुद्ध गर्नु सही भएको निष्कर्ष निकालेको छ । प्रमुख सचेतक हितराज पाण्डेले भने, ‘जनयुद्धलाइ अपमानित गरिएको छ, यसमा (संशोधन) नआउँदासम्म अवरोधलाई निरन्तरता दिने निर्णय गरेका छौं ।’
एमाले सचिव योगेश भट्टराईको अभिव्यक्तिले माओवादी जनयुद्ध, शान्ति सम्झौता र संविधानलाई अपमान गरेको माओवादीको निष्कर्ष छ ।
भट्टराईले बोलेकै दिन माओवादीले नियमापत्ति गरेको थियो ।