काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीहरूले नेता छान्ने प्रणालीबारे विधान परिमार्जन गर्नुपर्ने बताएका छन् ।
उनले विहीबार संविधान दिवसका अवसरमा रास्वपाले काठमाडौंमा आयोजना गरेको संविधान मन्थन कार्यक्रमका बोल्दै अहिलेको दुई दलीय सरकारले संविधान संशोधनको कुरा अघि सारेको अवस्थामा संविधानलाई आफ्नो राजनीतिक स्वार्थसँग सौदावाजी गर्न नपाइने बताए।
दुई तिहाईको सरकारको प्रारम्भिक काममा आत्मबल नदेखिएको उनले बताए।