काठमाडौं । विराटनगरबाट उदयपुरको गाइघाटतर्फ जाँदै गरेको को २ ख ४६०१ नम्बरको बस सप्तकोशीमा खसेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख विपिन रेग्मीले नदीमा खसेको बसबाट २० जनालाई उद्दार गरेर उपचारका लागि पठाइएको जानकारी दिए ।
पुलको ३५ नम्बर ढोकाबाट नदीमा खसेको थियो ।
तीब्र गतिमा रहेको बस साझ ६ बजे चिप्लिएर नदीमा खसेको थियो । बसमा कति यात्रु सवार थिए भन्ने खुलेको छैन । नदीमा खसेको बस निकाल्ने प्रयास भइरहेको एसपी रेग्मीले बताए ।