काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले सबै एकताबद्ध हुनुपर्ने बताएका छन् ।
उनले बुधबार नेपाली कांग्रेस पर्सा कार्यालयको उद्घाटन गर्दै नेपाल सम्पूर्ण जातजाति र भाषाभाषीहरुको भएकाले सबैलाई मिलाएर लैजानु आजको आवश्यकता भएको बताए । उनले सम्पूर्ण जातजाति,आदिवासी जनजाति, दलित, महिला, थारु, मुस्लिम सबैलाई एकतावद्ध बनाउनुपर्ने बताए ।
उनले भने, ‘सबै मिलेर एकतावद्ध भएर अघि बढ्नुस् । अब हाम्रो देश सम्पूर्ण जातजाति,आदिवासी जनजाति, दलित, महिलाहरुको हो । थारु, मुस्लिम सबैको देश हो । सबैलाई मिलाएर एक बनाएर लैजानु आजको आवश्यकता हो ।’