काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी अध्यक्ष पद जसलाई मन लाग्यो त्यसलाई नै टीका लगाएर हस्तान्तरण गर्ने चिज नभएको बताएका छन्।
पूर्वप्रधानमन्त्री उनले आइतबार प्रेस सेन्टर बाँकेले नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो टिप्पणी गरेका हुन् ।
‘म सधैँभरि नेतृत्वमा भइरहनुपर्छ भन्ने छैन, मेरा लागि अध्यक्ष पद नभई नहुने छैन’, अध्यक्ष प्रचण्डले भने, ‘पार्टीको अध्यक्ष पद टीका लगाएर हस्तान्तरण गर्ने चिज होइन, सिस्टम र विधि बनाएर उत्तराधिकारी तयार गर्दै छु।’ आफूलाई अध्यक्ष भइरहने रहर नभएको दाबी उनले गरे।