काठमाडौं । चीनको ८ हजार २७ मिटर अग्लो सिसापाङमा हिमाल आरोहण गरेर किर्तिमान बनाउन सफल नेपाली पर्वतारोहीलाई काठमाडौंमा भव्य स्वागत गरिएको छ ।
८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरेर किर्तिमान बनाएका आरोहीहरुलाई सोमबार पञ्चेबाजासहित त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको हो ।
नेपाली महिलातर्फ पहिलो पटक ८००० मिटर माथिका सबै १४ हिमाल आरोहण गरेकी दावा याङजुम शेर्पा, ८००० मिटर माथिका सबै १४ हिमाल आरोहण गर्न सफल निमा रिन्जी शेर्पा, तेजन शेर्पा, पासाङ शेर्पा लगायत ९ जना आरोहीहरुलाई नेपाल पर्वतारोहण संघ लगायत आफन्त र समर्थकरुले सम्मानका साथ स्वागत गरिएको थियो ।