काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब केही समयभित्रै माओवादी पार्टीहरूबीच एकता हुने खुलासा गरेका छन् ।
पूर्व प्रधानमन्त्री उनले शनिबार नेकपा माओवादी केन्द्रले चितवनको भरतपुर-१३ मा बेपत्ता यौद्धा दण्डपाणि न्यौपाने स्मृति भवन निर्माणार्थ आयोजना गरेको बृहत् जनसांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो खुलासा गरेका हुन् ।
एउटै स्कुलिङबाट आएर अहिले विभिन्न भंगालोमा रहेका माओवादीहरू एकताबद्ध हुँदै समाजवादी क्रान्तिको तयारीमा लाग्नुपर्ने बेला आएको बताए।
अध्यक्ष दाहालले आम जनतालाई एकताबद्ध गराउँदै समाजवादी क्रान्ति पूरा गर्ने बताए ।