काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेले आफ्नो पार्टीको जनताको चाहना अनुसार नै काम गर्दै आएको बताएका छन् ।
रास्वपाद्वारा ‘दुग्ध क्षेत्रको विकास’ विषयक नीति-मन्थन कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताले परिवर्तन गरेको अपेक्षा अझै अधुरै रहेकाले आफूहरु राजनीतिमा आएको बताए ।
उनले भने, ‘एउटा राजनीतिक दल आफूलाई सत्तामा पुग्नमात्रै तयार गर्ने परिपार्टीलाई परिवर्तन गर्ने ध्येयले हामी रणनीतिक रुपमा विभागहरुलाई सक्रिय पारिररहेका छौं । जनताले परिवर्तनको अपेक्षा गरेका छन् । सत्ता र पात्र परिवर्तनको घटना हामीले हे¥यौं, तर त्यस पछाडिको रुपान्तरणको प्रक्रिया अधुरै रहेको छ । त्यसैले हामीले भ्रातृ संगठनलाई सक्रिय नबनाइ विभागहरुलाई सक्रिय बनाउने नीति बनाएका छौं ।’